राप्ती नदीमा डुबेर बालकको मृत्यु

सांकेतिक तस्बिर ।

दाङ – दाङमा राप्ती नदीमा डुबेर एक बालककाे मृत्यु भएको छ ।

लमही नगरपालिका -४ बड्का घुम्ना बस्ने सुरेश चौधरीका १३ वर्षिय छोरा राहुल चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

उनी शुक्रवार मध्याह्नको समयमा साथीहरुसँग घर नजिकै रहेको राप्ती नदीमा नुहाउन गएका थिए ।

उनी करिब ५:३० बजेको समयमा नुहाउँदै गर्दा डुबेका थिए ।

मृतककाे शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्