रुस्लान भोड्का ५० वर्षमा

काठमाडौँ- रुस्लान भोड्काले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो यात्रामा ५० वर्षको कोसेढुङ्गा पार गरेको छ ।

सन् १९७३ मा स्थापना भएदेखि, रुस्लान भोड्काको उत्कृष्ट गुणस्तरको मानक रहँदै आएको छ । यस प्रतिष्ठित ब्रान्डले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट र अत्याधुनिक स्वरुप दिएको छ ।

अनावरण गरिएको बोतल आकर्षक, पारदर्शी बनौटमा बनाइको छ जसले बोतलमा रहेको भोड्काको शुद्धता झल्काउँछ ।

यस आधा शताब्दीको यात्रामा रुस्लान भोड्काले उपभोक्ताको सन्तुष्टीलाई सदैव पहिलो प्राथमिकता दिंदै आएको छ । सिर्जनशिलता र नयाँपन ब्रान्डको सधैँ प्रतिबद्धता रहि आएको छ । यसको निरन्तरताको स्वरुप उत्कृष्ट र आकर्षक बोतल बजारमा ल्याएको हो ।

 

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्