नागरिक अगुवासँग उपप्रधानमन्त्री श्रेष्ठले भने- दोषी उम्किदैँनन्

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणबारे चासो व्यक्त गर्दै नागरिक आन्दोलनका अगुवाहरुले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार भेटेका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा नागरिक अगुवाहरु डा.सञ्जीव उप्रेती, केशव सिग्देल, घिमिरे युवराज, शिशिर उप्रेती, रक्षा बम, प्रेम चलाउने, पवन थापालगायतले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग भेटेका थिए।

नागरिक अगुवाहरुलाई उपप्रधानमन्त्री श्रेष्ठले बलियो प्रमाण अभियोजनसहित मुद्दा परेकाले शरणार्थी प्रकरणका अभियुक्तहरु उम्किन नसक्ने बताएका थिए।

उनले भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गरिरहनुपर्ने आवश्यकता पनि औँल्याएका थिए।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्