लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमप्रति प्रमुख प्रतिपक्ष दल बेखुसी

दाङ–लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागी नीति तथा कार्यक्रम प्रस्तुत गरेपछी त्यसबारेमा दलहरुले प्रतिक्रिया दिन थालेका छन्।

सरकारमा रहेकाहरुले नीति तथा कार्यक्रम उत्कृष्ठ भएको बताईरहँदा प्रमुख प्रतिपक्ष दल एमाले संसदीय दलका नेता लिला गिरीले नीति तथा कार्यक्रमले मुल समस्या सम्वोधन गर्न नचाहेकोगरी ल्याइएको बताए। ‘विग्रदो अर्थतन्त्र । यसलाई बलियो बनाउनेगरी कुनै कार्यक्रम आएन’उनले भने,‘सरकारको ल्याएको नीति तथा कार्यक्रम स्तरहीन छ।’

ठूलो मात्रामा रोजगारी सृजना गर्दै विग्रीएको अर्थतन्त्रलाई सुधार्ने अवसर सरकार संग रहेपनि त्यस बिषयलाई अन्देखा गरेर सतही कार्यक्रम ल्याएको बताए।

‘नीति तथा कार्यक्रम सतही आयो। समग्र विषयवस्तु नै फितलो र हल्का छ’उनले भने,‘प्रदेशको समृद्धिका जुन आधार थिए तिनलाई साकार बनाउने खालका कार्यक्रम बनानुपर्ने थियो त्यसमा ध्यान दिइएको पाइएन।

बरु यसले निराश बनाउने काम गरेको छ।’ शुक्रबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले ५१ पेजको नीति तथा कार्यक्रम प्रस्तुत गरे।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्