जोकोभिच फ्रेन्च ओपनको फाइनलमा

नोभाक जोकोभिच विश्व कीर्तिमानबाट एक कदम टाढा फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेका छन्।

२२ पटकका ग्राण्डस्लाम च्याम्पियन जोकोभिचले शुक्रबार सेमिफाइनलमा स्पेनका कार्लोस अल्काराजलाई ६-३, ५-७, ६-१ र ६-१ ले हराए।

सर्वियन जोकोभिचले करिन खान्चानोभलाई ४-६, ७-६ (७-०), ६-२ र ६-४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए।

यसैगरी, २० वर्षीय स्पेनिस अल्काराजले ग्रिक खेलाडी स्टेफानोस सितसिपासलाई ६-२, ६-१, ७-६ (७-५) को सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेका थिए।

जोकोभिचले अब फाइनलमा क्यास्पर रुड र अलेक्ज्याण्डर जाभारेजबीच हुने सेमिफाइनल विजेतासँग खेल्नेछन्।

उनले आइतबारको फाइनल जितेको खण्डमा उनले २२ पटकका ग्रान्डस्लाम विजेता राफेल नाडाललाई पछि पार्नेछन्।

३६ वर्षीय नोभाक फ्रेन्च ओपनमा दुई पटक च्याम्पियन बनेका छन्।

 

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्