जसपाले विधान अधिवेशनको तयारी गर्दै

फाइल तस्बिर

काठमाडौँ–जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको पार्टी प्रवक्ता मनिस सुमनले जानकारी दिए।

विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको उनको भनाई छ।

जसपाले आगामी असार १० देखि १२ गतेसम्म प्रथम विधान अधिवेशन आह्वान गरेको छ। विधान अधिवेशनमा सहभागी हुने ७ सय ७८ जना प्रतिनिधिको यसअघिको केन्द्रीय समिति बैठकले टुंगो लगाइसकेको छ।

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्