गीत/संगीत क्षेत्रको प्रवद्र्धनमा सक्दो सहयोग गर्नेछुः प्रधानमन्त्री दाहाल

फाइल तस्बिर ।

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहालले गीत/संगीत क्षेत्रको प्रवद्र्धनमा सक्दो सहयोग गर्ने बताका छन्।

अन्तराष्ट्रिय संगीत दिवसको अवसर पारेर काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले संगीत क्षेत्रको प्रवद्र्धनमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रमा केही सहयोग गर्ने अवसर पाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई निरन्तरता दिन चाहेको पनि स्पष्ट पारे।

उनले ज्यापु संस्कृतिको संरक्षणका लागि गरिएको मागहरु सम्बोधन गर्न पनि सरकार प्रतिवद्ध रहेको बताए। प्रधानमन्त्री दाहालले भने, ‘हाम्राे एउटा प्रचलन नै के भएको छ भने जुनसुकै कार्यक्रममा पनि भाषण धेरै हुने। भाषणले जे कार्यक्रमको महत्व हो, त्यसलाई नै कम गरिदिने गरेको छ । त्यसकारण अहिले म भाषण गर्दिन । संगीतको प्रवद्र्धनको लागि काम गर्नेछु । किनकि मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रलाई सरकारको तर्फबाट केही सहयोग गर्ने अवसर पाएको थिएँ। अहिले पनि तपाईंहरुलाई सहयोग हुने विश्वास दिलाउँछु।’

त्यस अवसरमा प्रधानमन्त्री दाहालले कार्यक्रमको महत्वनै काम हुने गरी भाषण नगर्ने भन्दै संक्षिप्त मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा नेवारी संस्कृति झल्काउने खालका बाजागाजासहितको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो।

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्