कोलम्बिया विमान दुर्घटनाः ४० दिनपछि अमेजनमा चार बालबालिका जीवितै फेला

कोलम्बियाको अमेजन जंगलमा विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिका जीवितै फेला परेका छन्।

कोलम्बियाका राष्ट्रपतिले एकै परिवारका १३, नौ, चार र एक वर्षका बालबालिकाको जीवितै उद्दार भएको र यो ‘पूरै देशका लागि खुशी’को कुरा भएको बताएका छन्।

गत मे १ मा उनीहरु सवार सानो विमान जंगलमा दुर्घटना हुँदा ती बालबालिकाकी आमा र दुई पाइलटको मृत्यु भएको थियो। विमान दुर्घटनामा बेपत्ता बालबालिकाहरूको खोजीमा दर्जनौं सैनिक र स्थानीय मानिसहरू केन्द्रित थिए।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले उनीहरुलाई फेला पार्नु एउटा ‘जादुमयी दिन’ भएको बताएको बीबीसीले जनाएको छ।

बालबालिका हुइटोटो आदिवासी समूहका हुन्। राष्ट्रपति पेट्रोले ४० दिनपछि फेला परेका उनीहरुको हेरचाह गरिरहेका सेना र आदिवासी समुदायका सदस्यहरूको फोटो सार्वजनिक गरेका छन्।

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्