नेपाल कम्युनिष्ट पार्टी (नकेपा) ब्युँताउन माधव नेपालको आह्वान

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर ।

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार तत्कालीन नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन्।

भक्तपुरमा शनिवार आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको बताए।

उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार रहेको बताए।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप लगाए। उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसि नरहने जिकिर गरे।

उनले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए।
अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको बताए। उनले राजावादीले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिने बताए।

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्