पोखरामा राष्ट्रिय संगीत अवार्ड

पोखरा – पोखरामा राष्ट्रिय संगीत अवार्ड हुने भएको छ। असार २ गते अवार्ड वितरण हुँदै छ। कास्की खबर प्रालिले राष्ट्रिय संगीत अवार्ड गर्न लागेको हो। ३७ विधामा अवार्ड वितरण हुने अवार्ड वितरण समितिका सचिव सागर कार्कीले जानकारी दिए।

उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक भइसकेको छ। १८५ नेमिनेसनमा परेको उनले बताए। भोटिङ, निर्णायक र आयोजकले दिने नम्बरका आधारमा अवार्ड वितरण हुने कार्कीले बताए। भोटिङमार्फत ४० अंक, निर्णायकले ५० र आयोजकले १० अंक दिनेछन्। त्यसैको आधारमा अवार्ड वितरण हुनेछ।

‘पुराना कलाकारलाई सम्मान र नयाँलाई प्रोत्सहान गर्न अवार्ड कार्यक्रम आयोजना गरेका छौं’, उनले भने। स्वच्छ प्रतिस्पर्धा गराएर अवार्ड वितरण गर्ने अध्यक्ष ऋषिराम दाहालले बताए। अन्य अवार्ड किनबेच हुने आरोप लाग्ने गरेपनि राष्ट्रिय संगीत अवार्डमा पैसाको चलखेल नहुने उनको जिकिर छ।

अवार्ड कार्यक्रमबाट भएको मुनाफाको केही प्रतिशत कलाकार कल्याणकारी कोषमा सहयोग गर्ने उल्लेख गरिएको छ।

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्