थ्रीस्टारले पेनाल्टी गोलमा रेलिगेशन संकट टार्दा एपीएफ रेलिगेशनमा

काठमाडौँ – विभागीय क्लब एपीएफ ‘बी’ डिभिजनमा घटुवा भएको छ।

शनिबार भएको अन्तिम खेलमा ललितपुर डर्वी भिडन्तमा थ्रीस्टारले जावलाखेललाई १–० ले पराजित गर्दै अन्तिम खेलमा सम्भावित रेलिगेशन संकट टार्दा एपीएफ पुछारबाट दोस्रो स्थानमा झर्दै रेलिगेशनमा पुगेको हो। एपीएफ भने २०६२ सालपछि पहिलो पटक ‘बी’ डिभिजनमा घटुवा भयो।

अधिकांश समय गोलरहित बराबरी भएको खेलमा थ्रीस्टारले ८१ औँ मिनेटमा गोल गर्दै टिमलाई तीन अङ्क निश्चित गरेको थियो। विक्रम लामालाई फल गरेपछि पाएको पेनाल्टीलाई विक्रमले नै सदुपयोग गर्दै थ्री स्टारको सम्भावित रेलिगेशन संकट टारेका थिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिना पैसामा पनि सीमित दर्शक पुगेको खेलमा अन्तिम समयमा जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा विक्रमलाई फउल गरेपछि थ्रीस्टारले पेनाल्टीको अवसर पाएको थियो। जसलाई विक्रमले सम्भव बनाए। जितसँगै थ्रीस्टार रेलिगेसनबाट जोगिएको छ। उसको २६ खेलमा ३२ अंक भएको छ।

अन्तिमचरणको खेलपछि यस्तो बन्यो लिग अंकतालिकाः

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्