असार ८ र ९ मा ह्वावे डिजिटल नेपाल कन्क्लेभ हुँदै

असार ८ र ९ मा ह्वावे डिजिटल नेपाल कन्क्लेभ हुँदै
+
-

काठमाडौँ- असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ। आइसिटी फाउन्डेसन नेपालको आयोजनामा कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेस (एमएनसी) को पनि आयोजना हुने भएको हो।

कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरूसहित ७० बढी स्रोत व्यक्तिहरू उपस्थित रहने आयोजकले जनाएको छ।

द सोल्टी काठमाडौँमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरू सञ्चालन हुनेछन्।

कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहने जनाइएकाे छ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रूपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने आयोजकले उल्लेख गरेको छ।

असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको ४ वटा कि-नोट र मन्त्री रेखा शर्मासँगको पावर संवाद सेसन हुनेछ। यसैगरी पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय र डिजिटल गभर्नेन्ससम्बन्धी सेसनहरू रहेका छन्।

कन्क्लेभको दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरू रहेका छन्। यसैगरी, कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताको लागि अबको बाटो सेसनहरू सञ्चालन हुनेछन्।

कन्क्लेभसँगै शिर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनि मोबाइल वर्ल्ड कंग्रेसको रूपमा मोबाइल नेपाल कंग्रेसको आयोजना गर्नेछ। सहभागीले ५ जी, एआईसँगै नयाँ प्रविधिहरूको जानकारी मोबाइल कंग्रेसमा पाउनेछन्।

सम्मेलनले गिगाभर्स इनिसिएटिभ, अल्ट्रा अटोमेसन स्पीड अप, सेवाको रूपमा इन्टिलिजेन्ट कम्प्युटिङ एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरू, र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको जनाइएको छ।

मोबाइल नेपाल कंग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरूलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको रहेको छ।

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो। कन्क्लेभको प्रि-इभेन्टको रूपमा फाउन्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो।

कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहयोग रहेको छ।

यसैगरी, कार्यक्रममा नेपाल टेलिकम, सेक्युरिटी पार्टनरमा चेकपोन्ट, पेमेन्ट पार्टनरमा आइएमइपे, आइटी ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, इन्टरनेट पार्टनरमा डिस होम रहेका छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’