सनी देओलको फिल्म गदर-२ ले कमायाे ३ सय करोड

अभिनेता सनी देओलको फिल्म गदर-२ को पहिलो हप्ताको कमाइको आँकडा सार्वजनिक भएको छ।

फिल्म समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा गदर-२ ले ३०५ करोड कमाएको बताएका छन्।

गदर-२ फिल्म ११ अगस्टमा रिलिज भएको थियो। यो फिल्मसँगै अक्षय कुमारको ओएमजी-२ पनि थिएटरमा रिलिज भएको थियो ।

गदर-२ ले भारतीय सिनेमाको इतिहासमा पनि नयाँ कीर्तिमान बनाएको छ। अगस्ट १५ मा कुनै पनि भारतीय फिल्मले ५५ करोड कमाउन सकेका छैनन्। तर गदर-२ ले यो उपलब्धि स्वतन्त्रा दिवसका दिन प्राप्त गरेकाे छ।

मल्टिप्लेक्सबाहेक गदर-२ फिल्मले सिंगल स्क्रिन थिएटरमा पनि राम्रो कमाइ गरिरहेको छ ।

तरण आदर्शले लामो समयपछि सिंगल स्क्रिन थिएटरमा फिल्मले यति धेरै कमाइ गरेको बताउँछन्। गदर- २  सन् २००१ मा रिलिज भएको गदरको सिक्वेल हाे।

गदर-२ का निर्देशक अनिल शर्मा हुन् । फिल्ममा सनी देओलका अलावा अमिषा पटेल पनि छिन्।

गदर-२ मा अभिनय गर्न आफू निकै डराएकाे देओलले बताएका छन्। उनलाई पूरानाे चलचित्रकाे स्वाद हराउने हाे कि भन्ने चिन्ता थियाे।

भदौ २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्