‘जनप्रतिनिधिले जिब्रोमा ब्रेक लगाइदिनुपर्‍यो’

फाइल फोटो।

सत्तारुढ नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले गिरिबन्धु टि स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सोमवार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले सो प्रकरणमा ठूलो भ्रष्टाचार भएको जिकिर गर्दै सरकारले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभएका छन्।

त्यसैगरी उनले निर्वाचित जनप्रतिनिधिहरुलाई जथाभावी नबोल्न पनि सचेत गराए।

सिंहदरबार नै ध्वस्त पार्ने कुरा, धार्मिक स्वतन्त्रतामाथि नै आँच आउने खालको अभिव्यक्तिहरु पछिल्लो समयमा आउने गरेको उल्लेख गर्दै त्यस्ता अभिव्यक्ति नदिन सांसदले खतिवडाको जनप्रतिनिधिहरुलाई सुझाव छ ।

उनले भने, ‘गिरिबन्धु टी स्टेटको बारेमा तुरुन्त भएको भ्रष्टाचारको छानबिन गरी कारबाही अघि बढाउन अनुरोध गर्न चाहन्छु । सभामुख महोदय, हामी राजनीतिज्ञहरु निर्वाचित भइसकेपछि हाम्रो जिब्रोमा बे्रक नलागेर जे पायो, त्यही बोल्न गइराखेका हुन्छौं । कोही आगै ओकल्छौं, सिंहदरबार नै ध्वस्त पार्छौं भन्छौं । कोही जातीय राज्य चाहियो भन्छौं । कोही धर्ममाथि आँच आउने काम गर्छौं । निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो जिब्रोमा ब्रेक लगाएर बोलिदिन आग्रह गर्दछु ।’

सांसद खतिवडाले जनप्रतिनिधिहरुले आफ्नो पदीय मर्यादालाई ख्याल गरेर मात्रै बोल्नुपर्ने बताए।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्