भारत विरुद्ध नेपालका ओपनरलाई सुरुवाती जिवन दान

काठमाडौं- टस हारेर भारत विरुद्ध पहिले ब्याटिङ सुरु गरेको नेपालले भारत विरुद्ध सुरुवातमानै जिवन दान प्राप्त गरेको छ। भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय लिएसँगै ब्याटिङमा उत्रिएको नेपाल  ३ ओभरको समाप्तीमा १७ रन बनाएर खेलिरहेको छ।

नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलले एसिया कपमा भारतविरुद्ध ओपनिङ गर्दा दुबै टिमले सुरुवात जीवनदान पाएका छन्। श्रीलंकाको केन्डी स्थित पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर मोहम्मद शामीको पहिलो ओभरको अन्तिम बलमा बल एज लागेर स्लिपमा जादा श्रेयस अय्यरले क्याच छुटाएका थिए। लगतै दोस्रो ओभरको पहिलो बलमा आसिफलाई एक रनै विराट कोहलीले जीवनदान दिए।

जीवनदान पाएपछि संयमित इनिङ खेलिरहेका ओपनरहरुले तीन ओभरको समाप्तीमा१८ रन बनाएर खेलिरहेका छन्। कुशल भुर्तेल ७ र आसिफ शेख ७ रनमा अविजित छन्।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्