भारत विरुद्ध ६ रन प्रहारसँगै भुर्तेलले पुरा गरे एकदिवसीय अन्तराष्ट्रियमा हजार रन

काठमाडौं- भारत विरुद्ध ओपनिङ गरिरहेका कुशल भुर्तेल एक हजार रनको कोसेढुङ्गा पुरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलले एक हजार रन पूरा गर्न सफल भए।

एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ५ रन जोड्दै उनको एक हजार रन पूरा भएको हो।  भुर्तेलले ४७ खेल खेल्नेक्रममा एक सतक र ६ अर्धसतक बनाएका छन् । यसअघि रोहित पौडेल र आसिफ शेखले  एक हजार रनको आँकडा  पूरा गरेका थिए।

 

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्