पर्यटनमन्त्रीले दायाबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौंः सभापति यादव

राजकिशाेर यादव।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले पर्यटनमन्त्री सुदन किराँतीलाई गलत काम नगर्न खबरदारी गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सभापति यादवले यस्तो खबरदारी गरेका हुन्।

उनले पर्यटनमन्त्री किराँतीमा केही काम गरौं भन्ने जोस जाँगर देखिएको बताए। उनले देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको बताए।

उनले मन्त्रीले पर्यटन सम्बन्धि नीतिहरु समयअनकुल बनाउनुपर्ने र त्यो देशको हीतमा भए सामुहिक पहल गर्न समिति तयार रहेको बताए।

उनले भने, ‘पर्यटन क्षेत्रमा काम गर्ने केही हडलहरु रहेको कुरा छ भन्ने कुरा मन्त्रीले इमान्दरीपूर्वक भन्नुभएको छ । मन्त्रीले देशको लागि केही गर्छु भनेर इमान्दारी प्रयास र पहलकदमी गर्नुभयो भने समितिले पोलिसी डिपार्चर तिर जानुपर्‍यो भने । नयाँ समय,नयाँ सन्र्दभ र नयाँ ढङ्गले अगाडि बढ्न खोज्यो देशको हीतमा छ भने समिति समूहिक पहलकदमी गर्न तयार छ । यहाँले जोस जाँगरका साथ काम गर्नुस । मन्त्रीलाई राम्रो कामको लागि साथ पनि छ । साथ पाउनुहुन्छ । तर कहीँ दायाँ बायाँ भयो भने त्यहाँ हामी नियमन र नियन्त्रण पनि गर्छौं ।’

सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामको लागि साथ पनि दिने र कहि दायाँबायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने बताए।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्