भारतलाई दबाबमा राखेको नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं- एसियाकप क्रिकेटमा नेपालले भारत विरुद्ध सानदार प्रदर्शन गरेको छ। ६५ रनमा पहिलो विकेट गुमाएको नेपालले ७७ रनमा दोस्रो विकेट गुमायो। दोस्रो विकेटका रुपमा भिम सार्की ७ रनमा आउट भए।

यद्यपि भारतीय बलरहरु नेपाली ब्याटरको विकेटका लागि संघर्षरत छन्। १५ ओभरको समाप्तीमा २ विकेट गुमाएपनि नेपालले खेल आफ्नो पकडमा राख्न सफल भएको छ। दोस्रो विकेटका रुपमा १५.६ ओभरमा सार्कीलाई रविन्द्र जडेजाले बोल्ड गरेका थिए।

एसियाकपमा सात पटकको च्याम्पियन भारतले नेपालसँगको खेलअघिनै शीर्ष चारको रणनिति बनाएको थियो। तर नेपालले भारतलाई आफ्नो उपस्थिति देखाउँदै सुरुवतमा हावी भएको छ। खेल सुरु हुनु अघि भारतीय कमेन्टेटरहरुले नेपाली इनिङ २५ देखी ३० ओभरमा समेटिने आँकलन गरेका थिए। तर नेपाली इनिङ संयमित गतिमा अघि बढीरहँदा भारतीय खेमा दबाबमा देखिएको छ।

खेलमा भारत विरुद्ध राम्रो सुरुवात पाएको नेपाललेको अब मध्यक्रम समालिन सके भारतलाई प्रतिस्पर्धात्मक स्कोरको लक्ष्य दिन सक्षम हुने छ। सुरुवातमा कमजोर फिल्डीङको सिकार भएको भारतले पाँच ओभर भित्र तीन क्याच छुटाउँदै नेपाल विरुद्धको रवाफिलो सुरुवातको अवसर गुमायो। भारतका श्रेयस अय्यर, विराट कोहली र इशान किशनले क्याच छुटाएका थिए।

त्यसपछि ४२ रन बनाउँदा अम्पायरले कुशल भुर्तेललाई एलबिडब्लु आउटको इशारा दिएका थिए। जहाँ नेपालले सफल रिभ्यु लिंदै खेलमा आफ्नो पकट कायम राख्यो। तर भुर्तेल ३८ रनको अवस्थामा आउट भए।अहिले क्रिजमा कप्तान रोहित पौडेल आएका छन्। ओपनर आसिफ शेख ३८ रनमा अविजित छन्।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्