सीता नमुना माविको वार्षिकोत्सव (फोटो फिचर)

तस्बिरः राजन रावत, हुम्ला

सिमकोट – सीता नमुना माध्यमिक विद्यालयले ५८औं वार्षिक उत्सव मनाएको छ। विद्यालयले एक कार्यक्रम आयोजना गर्दै आफ्नो वार्षिक उत्सव मनाएको हो।

उक्त विद्यालयले मावि तहको पठनपाठन गर्दै आएको छ। विद्यालयको वार्षिकोत्सवको अवसरमा कार्यक्रममा प्रधानाध्यपक जुनराज हमालले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए।

 उनले गत आर्थिक वर्षमा चार करोड ११ लाख ८३ हजार ३२० रुपैयाँ आम्दानी भएकोमा तीन करोड ७८ लाख २२ हजार ७६९ रुपैयाँ खर्च भएको र विद्यालयसँग मौज्दात ३३ लाख ६० हजार ५५७ रुपैयाँ रहेको प्रगति विवरण प्रस्तुत गरेका थिए।

कक्षागत र सदनगत विद्यार्थीले मौलिक साँस्कृतिक झल्कने नृत्य तथा देउडा प्रस्तुत गरेका थिए। खेलकुद, साँस्कृतिक प्रतियोगिता, कक्षा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेश सभाकी सदस्य विजय बोहरा, खार्पुनाथ गाउँपालिकाको अध्यक्ष कर्णबहादुर रावल, उपाध्यक्ष भरत सिंह, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, लोगबहादुर हमाल, कांग्रेस उपसभापति कैलाश भण्डारी, तरुण दलका केन्द्रीय सदस्य जित क्षेत्री, कांग्रेस जिल्ला कार्यसमितिका सदस्य बबिता शाही, तरुण दलकी जिल्ला अध्यक्ष सुशिला शाही, ५ नम्बर वडाध्यक्ष भरतजंग शाही, ४ की अध्यक्ष रंगमति शाही, प्रमुख प्रशासकीय अधिकृत विष्णु शाहीलगायत सहभागी थिए।


 

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्