राजतन्त्रकालीन ऐनले पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताएका छन्।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन्।

उनले वर्तमान पर्यटन ऐन, २०३५ सालको ऐन रहेको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकता अनुसार संशोधन गर्न सरकार लागेको बताए।

उनले सरकारले पर्यटन ऐनलाई समय सापेक्ष बनाउने गरी काम गरिरहेको बताए।

मन्त्री किराँतीले पर्वतारोहणको क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गर्न सकिने सहितको पर्यटन नियमावलीमा व्यवस्था राखेर पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्न लागेको बताए।

उनले पर्यटन नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताए।

उनले पर्वतारोहण नियमावली संशोधन गर्दा ८ हजार मिटर माथिको उचाईबाट प्याराग्लाइडिङ गर्दा सगरमाथाको महत्व घट्ने विषयमा पनि सचेत रहेको बताए।

उनले  नेपालमा संस्कृतिको ऐन नभएकाले सरकारले राष्ट्रिय संस्कृति नीति निर्माण गर्न ११ सदस्य समिति आज नै गठन गर्न लागेको बताए।

उनले नेपालका कतिपय नीतिहरु नेपालको राष्ट्रिय हीतमा हो की होइन भनेर छुट्याउन नसकिएको बताए। उनले पर्यटन क्षेत्रको विकासका लागि संरचनाहरु बनाउने अनि जहाजहरु नउडाउने काम भइरहेको बताए।

उनले २२ वटा विमानस्थलहरु खाली रहेको भन्दै उक्त विमानस्थलमा राज्यको खर्बौं बजेट खर्च भएको बताए।

उनले भने, ‘वर्तमान पर्यटन ऐन राजतन्त्रकालिन छ । २०३५ सालको पर्यटन ऐनले अहिलेको आवश्यकता भावनाको कदर गर्न सक्दैन । त्यसकारण मन्त्रालयले समग्रमा पर्यटन ऐनको निर्माणको चरणमा छौं । अहिलेको समय सापेक्षित ऐन बनाउने छौं । सगरमाथा चढ्ने नियमावलीमा अब सगरमाथाको ८ हजार मिटर माथिबाट दोब्बर दस्तुर तिरेर प्याराग्याडिङ पाउने छन् । हामीलाई चाहिएको डलर हो ।’

दोब्बर दस्तुर तिर्न चाहने मान्छेले ८ हजार मिटरबाट प्याराग्याडिङ गर्न पाउने तर पिकबाट गर्न नपाउने पिकबाट गराउँदा महत्व घट्ने र हावाले उडाएर चीन पुर्‍याउन  सक्ने संबेदनशिलतालाई ख्याल गरेर नियमावली ल्याउने उनले बताए।  ‘पुरानो कानूनहरुले अहिलेको पर्यटन नेतृत्व गर्न सकिरहेको छैन । नेपालमा संस्कृतिको ऐन नै छैन। राष्ट्रिय संस्कृति नीति निर्माण गर्न ११ सदस्य समिति आज नै गठन गर्दै छौं । कतिपय नीतिहरु नेपालको राष्ट्रिय हीतमा हो की होइन भनेर छुट्याउन सकेका छैनौं । संरचनाहरु बनाउने अनि जहाजहरु नउडाउने काम भइरहेको छ । २२ वटा विमानस्थलहरु खाली छन् । खर्बौं बजेट विमानस्थल बनाउन खर्च भएको छ । नेपाल एयरलाइन्सको नाफाका कुरा आएका छन् । एनसी धमिजा,लाउण्डा र कोभिड महामारी छलेर आएको हो । विश्वका सरकारका धेरै वायुसेवाहरु डुबे स्थायी त डुब्यो । तर देशलाई ठाएर डुब्यो । अहिलेको सरकार आएपछि एनसी अप्रेशनल कस्टमा नाफामा गएको छ,’ उनले भने।

उनले पौने ४ अर्ब ऋण तिरेर देखाएको उल्लेख गर्दै  तीनवटा जहाज किन्न अन्तिम तयारीमा रहेको बताए। ‘निगमसँगै पैसा छ । ४८ अर्बको ऋण कहिले तिर्ने भन्नुहुन्छ । व्यापार गर्न दिनुस् । जहाज किन्न नदिने अनि पहिला ऋण तिरेर पछि किन जहाज किन्नु ? अण्डा दिने पोथीलाई काटेर खाएपछि सिद्धिन्छ । मन्त्रालय कसले चलाउँछ भन्ने प्रश्नमा मन्त्रालय हामीले नै चलाउने हो । तर यहाँ बुद्धि पुर्‍याइएन भने  वनझाँक्रीले चलाउन खोज्दा रहेछन् । मन्त्री दिनभर सुतेर बस्ने हो भने मन्त्रालय अरुले चलाइदिन्छन्,’ उनले भने।

मन्त्री किराँतीले आफू मन्त्री भएर आएपछि एनसी धमिजा,लाउण्डा र कोभिड महामारी छलेर आएको नेपाल एयरलाइन्स नाफामा रहेको दाबी गरे। उनले वायुसेवा निगमले पौने ४ अर्ब ऋण तिरेरको भन्दै तीनवटा जहाज किन्न अन्तिम तयारीमा रहेको बताए। उनले निगमको ४८ अर्बको ऋण जहाज किन्न दिएर व्यापार गर्न दिएपछि मात्रै तिर्ने बताए। उनले मन्त्रीले बुद्धि पुर्‍याउन सकेन भने मन्त्रालय वनझाँक्रीले चलाउन खोज्ने अवस्था रहेको बताए। उनले मन्त्री दिनभर सुतेर बस्ने हो भने मन्त्रालय अरुले चलाइदिने दाबी गरे।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्