लगातार विकेट पतन रोहित र मल्ल आउट, नेपालले पुरा गर्‍यो १०० रन

काठमाडौं- नेपालले भारत विरुद्धको खेलमा लगातार विकेट गुमाएको छ। कप्तान रोहित पौडेल नेपालको स्कोर ९३ रन हुँदा ५ रन बनाएर आउट भए। १९.६ ओभरमा रविन्द्र जडेजाको बलमा कप्तान रोहित शर्मा द्वारा क्याचआउट भए।

उनी आउट भए लगतै क्रिजमा कुशल मल्ल आए। उनी २१.५ ओभरमा २ रनको अवस्थामा रविन्द्र जडेजाकै सिकार भए।  लगातार दुइ विकेट गुमाएसँगै नेपालले ४ विकेट गुमाउन पुगेको हो।

उनी क्रिजमा १ रन बनाएसँगै नेपालले १०० रनको स्कोर पुरा गरेको थियो। २१.३ ओभरमा सय रन पुरा गरेको नेपाललाई विकेट बचाउन भने चुनौती बनेको छ। मल्ल ५ बल खेलेर २ रन बनाउँदा रविन्द्र जडेजाको बलमा मोहम्मद सिराज द्वारा क्याचआउट भएका थिए।

अहिले क्रिजमा ओपनर शेखलाई साथ दिन गुल्सन झा आएका छन्। त्यसअघि नेपालले भारत विरुद्ध दोस्रो एलबिडब्लुको सफल रिभ्यु लिएको थियो। आसिफ शखेलाई ३८ रनमा एलबिडब्लु आउट दिएपनि नेपालले रिभ्यु लिएको थियो। टिमको स्कोर ८९ रन हुँदा लिएको रिभ्युमा नेपालले सफलता प्राप्त गर्यो।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्