प्रतिनिधिसभामा प्रतिपक्षी एमालेका दुई जना मात्रै सांसद उपस्थित !

काठमाडौँ – कानुन निर्माण प्रक्रियामा प्रमुख प्रतिपक्षी दल एमालेले सोमबार पनि गैरजिम्मेवार पूर्ण भूमिका खेलेको छ।

भदौ १२ गते एमालेले आफैँ गणपुरक संख्या माग गरेपछि सांसदहरुलाई बाहिर पठाउँदा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई विचार गरियोस् भन्ने प्रस्ताव न्युनतम संख्याको अभावमा राकिएको थियो।

सामान्यतया संसदमा धारा संविधानको ९४ अनुसार कुनै पनि प्रस्ताव प्रस्तुत गर्नका लागि चाहिने एक चौथाई (६९) जना सांसदको जोहो गर्ने दायित्व सत्ता पक्षको हो। तर कानुन निर्माणमा सत्ता पक्षको मात्रै सहयोगले संभव हुन्न। विपक्षी दलहरुले पनि सहयोग अपरिहार्य मानिन्छ।

तर प्रमुख प्रतिपक्षी दल एमालेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्न सोमबार पनि गैरजिम्मेवार पूर्ण भूमिका खेलेको छ। अघिल्लो बैठकमा एमाले सांसद ठाकुर गैरेले गणपुरक संख्या माग गरेपछि आफ्ना सांसदलाई बाहिर पठाएको एमालेले सोमबार भने गणपुरक माग्नु अघि नै उपस्थित आफ्ना सांसदलाई बैठक कक्ष बाहिर जान भनेको थियो।

सोमबार सभामुख देवराज घिमिरेले विधेयकको विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न खोज्दा एमाले सचेतक महेश बर्तौलाले गणपुरक मागे। उनले गणपुरक संख्या गणना गर्न माग गर्दा प्रतिपक्षी दलहरुको कुर्सीमा जम्मा सात जना सांसद उपस्थित थिए। जसमा ८९ सिट भएको एमालेका दुई जना मात्रै सांसद गणनामा परे।

बर्तौलापछि एमालेका सांसद सुवास नेम्वाङले बैठकमा उपस्थित भएको भिडियोमा देखिन्छ। रास्वपा र राप्रपाका डोरप्रसाद अर्याल, सुमना श्रेष्ठ, ज्ञानबहादुर शाहीसहित पाँच जना मात्रै सांसद सदनमा उपस्थित भए भने अरु त्यसअघि नै निस्केका थिए।

गणना गर्दा जम्मा ८३ सांसद उपस्थित भएको पाइएपछि न्युनतम गणपुरक संख्याभन्दा बढी भएको भन्दै सभामुख घिमिरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ पेश गरे। प्रस्ताव सर्वसहमतिले पारित भएको घोषणा गरे।

सामेबार हाजिर भने १९२ जना सांसदले गरेका थिए।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्