स्वरोजगार सिर्जना गर्न युवाहरूको पहल

ग्लोबल बिजनेस मिटले काठमान्डुमा युवालाई व्यवसायमा आकर्षित गर्ने सिप पहिचान विकास गर्ने उद्देश्यसाथ कार्यक्रम आयोजना गरेको छ। वैदेशिक रोजगारी अध्ययनमा युवा पलायन बढिरहेको बेला स्वदेशमै रोजगारी सिर्जना गर्न आइटीमा युवालाई आत्मनिर्भर बनाउनग्लोबल बिजनेस मिटआयोजना गरेको कम्पनीका सिइओ रजनिता भेटवालले बताइन्। नेपाल फिल्म क्याम्पसमा सम्पन्न कार्यक्रमबीच भेटवालले यस्तो बताएकी हुन्। 

स्वागत मन्तव्य दिने क्रममा ग्लोबल बिजनेस मिटका प्रबन्ध निर्देशक सुजन थपलियाले नेपालमा युवाहरूलाई देशबाहिरबाट आइटीका कामहरू आउटसोर्सिङ गरेर प्रशस्त आयआर्जन गर्न सकिने विदेश पलायनबाट रोक्न सकिने बताए।

कार्यक्रम स्टार्टअप बिजनेस आइडिया भएका   लगानीकर्तालाई एकै ठाउँमा भेला पारेर साना तथा ठूला व्यवसाय सुरु गर्न सहयोग गर्ने कम्पनीको उद्देश्य रहेको जानकारी जीबिएमका अध्यक्ष शरद बन्जाराले दिए। कम्पनीको कार्य क्षेत्र नेपालमा मात्र नभएर विदेशका विभिन्न ठाउँमा बिस्तार गरी वैदेशिक सिप दक्षताको आदान प्रदान गर्ने रहेको उनले बताए। सफ्टवेयर विकास आईटीका विभिन्न क्षेत्रमा कार्यरत २० देखि २५ वर्षका युवाहरूबीच भएको कार्यक्रममा बन्जाराले आजको युगमा आफ्नो लगाव केमा त्यस अनुसारको स्मार्ट गोल कसरी तय गर्ने भन्ने बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापन गर्दै नेपाल फिल्म क्याम्पसका क्याम्पस प्रमुख शिशिर उप्रेतीले युवाहरू यसरी अग्रसर भएर युवाकै लागि स्वदेशमा रोजगारी सिप विकासको पहल गर्नु उदाहरणीय भएको आफू यसबाट निकै प्रभावित भएको बताए। १२ कक्षा उत्तीर्ण गर्ने बित्तिकै विदेश जान तम्सिने युवाहरू यही केही गर्नुपर्छ राम्रै आय आर्जन गर्न सकिन्छ भन्ने आशा विश्वास दिलाउन सक्नु महत्त्वपूर्ण कदम भएको उनले बताए ।कार्यक्रम जी. बिएमका नेपाल डाइरेक्टर सुकृति अधिकारीले सञ्चालन गरेकी थिइन्।

 

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्