सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास पनि हरायोः अर्जुननरसिंह केसी

फाइल तस्बिर

काठमाडौँ – सत्तारुढ प्रमुख घटक कांग्रेस सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताएका छन्।

सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरूलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गरे।

प्रतिनिधि सभा बैठकमा सोमबार विशेष समय लिएर बोल्दै उनले भ्रष्टाचारको फाइल एकपछि अर्को खुले पनि त्यो बीचमै तुहिने अवस्था आएको भन्दै त्यसतर्फ सरकारलाई सचेत गराए।

सांसद केसीले मुलुकमा सामाजिक सद्भाव बिथोलिने काम भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोश व्यक्त गरे।
सांसद केसीले भ्रष्टाचार नियन्त्रणका लागि विगतमा बनेका आयोगको सुझाव कार्यान्वयन नभएकाले अब बन्ने आयोगले पनि केही काम गर्ला भनेर अपेक्षा गर्न सकिने अवस्था नरहेको पटक–पटक दोहोर्‍याए।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्