‘सरकारले नेपालको चुच्चे नक्सा राख्न चीन सरकारलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ’

फाइल तस्बिर।

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) लाई मान्यता दिन कूटनीतिक नोट पठाउनुपर्ने बताएको छ।

एमाले सचेतक महेश बर्ताैलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउन चीन सरकारलाई सोबारे कूटनीतिक नोट तत्काल पठाउनुपर्ने बताए।

संघीय संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले चीन सरकारलाई नक्सा सच्याउन नेपाल सरकारले अविलम्ब पहल गर्नुपर्ने बताए।

चीनले नेपालको नक्सा पनि समेट्दा पुरानै नक्सालाई मान्यता दिनु दुःखद भएको उल्लेख गर्दै सचेतक बर्तौलाले त्यसलाई कूटनीतिक माध्यमबाट सच्याउन नेपाल सरकार लाग्नुपर्ने बताए।

सचेतक बर्तौलाले एमाले आफ्नो एक इन्च पनि भूमि छाड्ने पक्षमा नरहेको दोहोर्‍याए। उनले नेपालको भूगोलबारे अन्यथा टिप्पणी गर्ने अधिकार अरू राष्ट्रलाई नभएको पनि बताए।

 

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्