एमसीसी कार्यान्वयनको अनुगमन गर्न बन्याे ५ सदस्यीय अनुगमन समिति

काठमाडाैँ – एकीकृत समाजवादी नेकपा एसले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनको अनुगमन गर्न ५ सदस्यीय अनुगमन समिति बनाएको छ।

ब्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएको वा नबनाएको अनुगमन गर्ने र संसदीय अनुगमनका लागि दबाब दिने उद्देश्यले अनुगमन समिति बनाएको केन्द्रीय सदस्य चमिना भट्टराईले देशसञ्चारलाई जानकारी दिइन्।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले गठन गरेको उपाध्यक्ष राजेन्द्र पाण्डे नेतृत्वको समितिको सदस्यमा उपमहासचिव गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र गरिमा शाह छन् । अर्का एक सदस्य भने विषयविज्ञ रहने उनले बताइन्।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्