१ सय ९४ मा नेपालले गुमायो सातौं विकेट

काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा वर्षा रोकिएसँगै सुरु भएको खेलमा नेपालले सातौं विकेट गुमाएको छ। ४१.१ ओभरमा १ सय ९४ रन हुँदा सातौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीलाई नेपालले २९ रनमा गुमाएको हो। दिपेन्द्रलाई कुलदीप यादवले एलबिडब्लु आउट गरेका थिए।

नेपाली ब्याटरले संयमित इनिङ जारी राख्दा नेपाल २ सयको आँकडा नजिक पुगेको छ। दिपेन्द्र र सोमपालले सातौं विकेटका लागि ५० रनको साझेदारी गर्दै समानजनक स्कोर तर्फ नेपाललाई पुर्‍याएका थिए। नेपालले  ३७.५ ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रन बनाउँदा वर्षा सुरु भएपछि करिब १ घन्टा खेल रोकिएको थियो। खेल सुरु भएसँगै पुरै ५० ओभरकै हुने छ।

त्यसअघि नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाउँदा आसिफ शेखले ५८ रन बनाए। त्यस्तै भिम सार्कीले ७ रन बनाउँदा कप्तान रोहित पौडेलले ५ रन बनाए। कुशल मल्ल २ रनमा आउट हुँदा गुल्सन झाले २३ रनको इनिङख लेका थिए। भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिंदा मोहम्मद सिराजले २  र सार्दुल ठाकुरले १ विकेट लिए।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्