नेपालले पुरा गर्‍यो भारत विरुद्ध २ सय रनको आँकडा

काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत भारत विरुद्ध नेपालले २ सय रनको आँकडा पुरा गरेको छ। भारत विरुद्ध संयमित ब्याटिङ गरेको नेपालले तेस्रो पटक कुनै टेस्ट राष्ट्र विरुद्ध २ सय रनको आँकडा पुरा गरेको हो।

यसअघि नेपालले आयरल्यान्ड र जिम्बाब्वे विरुद्धको खेलमा २ सय रनको आँकडा पुरा गरेको थियो। जिम्बाब्वे विरुद्द नेपालले २ सय ९० रनको सानदार स्कोर बनाएको थियो। यद्यपि भारत विरुद्द पनि नेपाली ब्याटरले साहसिक ब्याटिङ गरेका छन्।

नेपालले ४३.३ ओभरमा ७ विकेट गुमाएर २ सय रन पुरा गरेको हो। सन्दीप लामिछानेले हार्दीक पाड्याको बलमा २ रन कुदेपछि नेपालले २ सय रन छुन सफल भयो। अहिले नेपाल ४४ ओभरको समाप्तीमा २ सय ७ रन बनाएर खेलिरहेको छ।

नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाउँदा आसिफ शेखले ५८ रन बनाए। त्यस्तै भिम सार्कीले ७ रन बनाउँदा कप्तान रोहित पौडेलले ५ रन बनाए। कुशल मल्ल २ रनमा आउट हुँदा गुल्सन झाले २३ रनको इनिङ खेलेका थिए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले २९ रन बनाए। भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिंदा मोहम्मद सिराजले २  र सार्दुल ठाकुर र कुलदीप यादवले समान १-१ विकेट लिएका छन्।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्