भारत विरुद्ध नेपालको समानजनक स्कोर, भारतलाई जितका लागि २ सय ३१ रनको लक्ष्य

काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भारतलाई २ सय ३१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा २ सय ३० रन बनाउँदा अलआउट भएको थियो।

भारत विरुद्ध समानजनक स्कोर तयार गर्ने क्रममा नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाउँदा सोमपाल कामीले ४८ रन तथा कुशल भुर्तेलले ३८ रन बनाए। त्यस्तै गुल्सन झाले २३ रन बनाए भने दिपेन्द्र सिहं ऐरीले २९ रनको स्कोर तयार गरेका थिए।

भारतका लागि मोहम्मद सिराज र रविन्द्र जडेजाले समान ३-३ विकेट लिएका थिए। त्यस्तै मोहम्मद सामी, हार्दीक पाण्ड्या र सार्दुल ठाकुरले समान १-१ विकेट लिए।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्