बालमन्दिर माविको वार्षिकोत्सव (फोटो फिचर)

सिमकोट – जिल्लाको सदरमुकामसमेत रहेको बालमन्दिर मावि ३६ औं वर्षमा प्रवेश गरेको छ। विद्यालयले आफ्नो वार्षिक उत्सव एक कार्यक्रम आयोजना गरी मनाएको हो।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा विद्यालय आफ्नो वार्षिकोत्सव कार्यक्रम मनाएको हो।

कार्यक्रममा कर्णाली प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतासमेत रहेका शाहीले केक काटेर वार्षिकोत्सव मनाएका हुन् ।
कार्यक्रममा बालविकासका बालबालिकाद्वारा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा विद्यालयको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीलाई पनि पुरुस्कार प्रदान गरिएको थियो। अभिभावकका लागि सियो उन्ने प्रतियोगितासमेत सञ्चालन गरिएको थियो।

कार्यक्रममा विद्यार्थी र अभिभावकले जनप्रतिनिधिसँग विद्यालयमा भौतिक संरचना जीर्ण भएको भन्दै निर्माण गर्न आग्रह गरेका थिए। सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा आफ्ना समस्या राख्ने क्रममा उनीहरूले उक्त माग राखेका हुन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव भण्डारीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रदेश सभा सदस्य विजय बोहरा, जुम्कित लामा, जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, अदानचुली गाउँपालिकाको अध्यक्ष मोहनविक्रम सिंह, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशिला रोकाया भाम, कांग्रेस उपसभापति वसन्त रोकाया, एमाले सचिव तीर्थराज बोहरा, नेकपा माअ‍ोवादी केन्द्रका सचिव धर्मराज बोहरा, राप्रपा अध्यक्ष विकास महत, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र पाण्डे, एकीकृत समाजवादीका उपाध्यक्ष तीर्थराज रोकायालगायत सहभागी थिए।

भदौ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्