काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार जन्माष्टमीका अवसरमा कृष्णमन्दिरको भ्रमण गरेका छन्।

जन्माष्टमीका अवसरमा राष्ट्रपतिले कृष्णमन्दिर भ्रमणको परम्परा छ।

उक्त अवसरमा ललितपुरका मेयर चिरिबाबु महर्जनसहित जनप्रतिनिधिहरु तथा सरकारी अधिकारीहरु उपस्थित थिए।

राष्ट्रपति पौडेलले कृष्णमन्दिर भ्रमण गर्नुका साथै कृष्णको पूजाअर्चना गरेका थिए।

कृष्ण जन्माष्टमीका अवसरमा कृष्णमन्दिरमा पूजाअर्चना गर्नेहरुको घुइँचो लागेको छ।