कुन हो हाम्रो गन्तव्य?  

प्रजातन्त्रिक प्रणालीमा राज्य नै नागारिक हो। राज्यलाई कुन व्यवस्थामा सञ्चालन गर्ने र कुन अवस्थामा लैजाने भन्ने निर्णय जनताले नै गर्छन्।  जनप्रतिनिधिहरु जनताले नै छान्छन्। छानिएकाहरुबाट विधि, व्यवस्था र अवस्था, कूटनीति, सुरक्षा संयन्त्र लगायतका विषयमा राज्यहितअनुसारको कानुन निर्माण हुन्छ ।

सोही कानुनअनुसार ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा शक्तिपृथकीकरणको सिद्धान्तलाई अनुसरण गर्दै राज्य अगाडि बढ्नु नै प्रजातन्त्रको मूल मर्म हो ।

त्यसै परिधिमा रहेर नागरिक स्वतन्त्रता, वाक्  स्वतन्त्रता र मानव अधिकार आदि प्रशासनिक, सामाजिक कार्यलाई निर्माण गरिन्छ । पत्रकार सनञ्चार र सूचनाका आधार हुन् ।

स्वतन्त्र बुद्धिजिवी, नागरिक समाज आदि पनि प्रजातन्त्रमा राज्यका अङ्ग, प्रत्यङ्ग हुन् । शक्ति सम्पन्न अभिभाज्य, स्वतन्त्र, सार्वभौम राज्य बन्नका लागि सही ढङ्गले चल्नुपर्दछ । यसका लागि व्यवस्थाको पालन सबैले गर्नुपर्छ।

नियम, कानुनले पद ओहोदालाई चिन्दैन । उसको दृष्टि समान हुन्छ । कसुर अनुसारको सजायको भागिदार सबैले हुनुपर्दछ । कानुन आँखामा कोही ठूलो सानो हुँदैन । के हामीले त्यो गरेका छौं ? देखेका छौँ?

प्रश्न यहाँ छ । सस्तो लोकप्रियताका लागि बोल्ने अग्रस्थान पाउनका लागि लेख्ने, श्रब्यदृश्यमा देखाउने, प्रमाण विहीन होहल्लामा कसैको मानमर्दन गर्ने गरी लेख्ने बोल्ने जन आक्रोशलाई बटुल्ने कार्यलाई हामीले सोच्न ढिला भएन र ? सबैभन्दा पहिले हामीले सामन्तको पगरी गुथाएका राजा महिन्द्र मल्ललाई हेरौं जसले जनताको धुरीमा धुँवाँ नआएसम्म खाएनन् ।

अर्का नेपाल निर्माता महानायक श्री ५ बडामहाराज पृथ्वीनारायणलाई हेरौं । उहाँको अगाडि कसले जवाफ दिन सक्थ्यो ? उहाँलाई नै १२ माग्दा विषे नगर्जिले एक रुपियाँ दियो । उहाँले अपमान ठान्नु भएर सुझाव मान्नुभयो । उहाँ विराज बखेतीलाई काजी बनाउन चाहनुहुन्थ्यो। जनताले कालु पाँडे रोजे। उहाँले त्यो अपमान ठान्नु भएन, जनमत मान्नुभयो।

क्रुर र तानाशाह भनिएका श्री ३ महाराज जुद्धशमशेरले धानखला जुत्ता लगाएर जानेलाई स्थानीयले पाँच रुपियाँ जरिवाना तिराउने गरेको कुरा थाहा पाउँदा मुखमै कानुन हुनेले पनि सहस्र स्वीकार गर्दै कनुनमा राजा प्रजा बरावर भनेर तिरेका थिए रे नुवाकोटको थान्सिंह फाँटमा ।

नेपाल देश नेपाली स्वाभिमान विश्वलाई चिनाउने औद्योगिक र सामजिक क्रान्ति, जाति प्रथा, नारी विभेद जमिन्दारी विरुद्ध भूमि सुधार ऐन र मुलुकी ऐन ल्याउने राजा श्री ५ महेन्द्र। एक दिन उहाँकै शासनकालमा धोवीघाटबाट नारायणहिटी आउँदै गर्दा ठहिटीमा आउँदा तोप चल्यो रे। हालको विशाल बजार त्यो बेला जन सेवा प्रहरी कार्यालय थियो रे । त्यही कार्यालय अन्तर्गत ठहिटीमा खटिएको प्रहरीको सिपाहीले उहाँलाइ रोक्यो रे- तोप चलेको थाहा पाइनस् यही शब्द प्रयोग गरेर राजा महेन्द्रलाई ।

राजा महेन्द्रले मुस्कुराउँदै भने- पाँच मिनेट ढिलो भयो लाजिम्पाटसम्म जाने हो जान दिनुहोस्!  सिपाहीले भन्यो रे- जतिसुकै मिनेट होस् ढिलो त भयो नि लाजिम्पाट हैन एकहात अघि बढ्न दिन्न, चिनेको छस् मलाई? म श्री ५ को सरकारको सिपाही हुँ । तँलाई त के राजा आए पनि तीन नबजी यहाँबाट जान दिन्न । राजाले दश रुपियाँ दिन्छु भने रे ।

सिपाही रिसाँउँदै भन्यो – बर्ता हुन्छस् मलाई घुस दिने तँ ल हिँड हवल्दार साव भएको ठाँउमा भनेर लिएर गएर जिम्मा लगाइ दिएर हिँड्यो रे । राजाले हवल्दारलाई दश रुपियाँ दिएर नारायणहिटी पुगेर आइजिपीलाई फोन गरेर हवल्दारलाई जेल, सिपाहीलाई जन सेवा प्रमुख बनाउनु भएका थिए रे । दर्बारमा बोलाउनु भयोअरे । दर्बार पुगेर हेर्दा त आफैँले गाली गरेको मान्छे राजा पो । सिपाही डरले बेहोस भयो रे ।

केही छिनमा होस आएपछि पचास रुपियाँ दिनुभयो रे राजा महेन्द्रले । सिपाही फेरि बेहोस । पुनः होसमा आएपछि अस्ति घुस दिएको लिएनौ, आज घुस होइन पुरस्कार हो लेऊ, अब उप्रान्त पनि यसरी नै काम गर्नु भन्ने हुकुम भयो रे । यस्ता उदाहरण धेरै छन् । अस्ति भख्खरको कुरा हो, नेस्नल मण्डेलाले जेलरलाई के गरे भन्ने कुरा ।

देश कठिन अवस्थामा छ । विद्वान्, बुद्धिजिवि, जनता र जन प्रतिनिधिले मौसम हेरेर बोल्ने कि अवस्था बुझेर । यो मेरो निष्पक्ष धारणा हो अरु यहाँहरुकै विचार, जय होस् ।

 

भदौ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्