मिस केङतुङ बनिन् म्यान्मार मिस युनिभर्स २०२३ को विजेता

याङ्गुनमा सम्पन्न मिस युनिभर्स म्यान्मार २०२३ को उपाधि केङतुङ अमारा बोलेले जितेकी छन्।

प्रतियोगितामा ३२ जना प्रतियोगीले सहभागिता जनाएका थिए।

उनले ताज लगाउन पाउँदा आफू धेरै खुसी भएको बताइन्।

उनले अबका दिनमा म्यान्मारबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आवश्यक तयारी थाल्ने पनि बताइन्।

मिस युनिभर्स संसारको सबैभन्दा पुरानो प्रतियोगितामध्येको एक हो।

भदौ ३०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्