प्रशान्त शर्माको ‘ईरा’ विमोचन

काठमाडौं- लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ‘ईरा’ विमोचन गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमका बीच शर्माको दोस्रो उपन्यास सार्वजनिक गरिएको हो।

विमोचन समारोहमा समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे , अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित लेखक शर्माले सामूहिक रूपमा पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले लेखक शर्माले समाजको वास्तविकतालाई उजागर गरेको बताइन्।

समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्त्व बुझ्न नसक्नाले शर्माले पुस्तकमा लेखेकाे कथा वास्तविक समाजको घटना र परिदृश्य भएको उनकाे भनाइ छ।

त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले शर्मा पछिल्लो समयमा उदाउँदै गरेका युवा लेखकका रूपमा स्थापित हुन सक्ने बताए।

कार्यक्रमको समापन गर्दै लेखक शर्माले दुई वर्षको अन्तरालपछि आफूले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए।

पुस्तकलाई बजारमा वि एन पुस्तक सञ्चालले ल्याएको हो।

कफी यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मूल्य ४५० रहेको छ।

भदौ ३१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्