२०२३ मा ट्युनिसियामा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि

फाइल तस्बिर।

सन् २०२३ मा ट्युनिसियामा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ।

यस वर्षको ८ महिनामा विदेशी पर्यटकको संख्या ६२.४ प्रतिशतले वृद्धि भएको पर्यटन मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार यस वर्षको जनवरीदेखि अगस्टसम्म कुल पर्यटकको संख्या ६ करोड ३३ लाख पुगेको छ।

जसमा फ्रान्सेली २३ प्रतिशतमाथि, जर्मन ६६.३, इटालियन २५.९, स्विस पर्यटक २३.७ प्रतिशत रहेको बताइएको छ।

यो अवधिमा ट्युनिसियाको राजश्वमा ४७.२ प्रतिशतले वृद्धि भएको छ। पर्यटन क्षेत्र ट्युनिसियाका लागि मुख्य आर्थिक उपार्जन क्षेत्र हो।

भदौ ३१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्