सुनसरीबाट दुई लाख रुपैयाँ बराबरको पटाका बरामद

फाइल तस्बिर

मोरङ – सुनसरीमा सशस्त्र प्रहरी बलको टोलीले २ लाख रुपैयाँ बराबरको पटाका बरामद गरी नष्ट गरेको छ।

सशस्त्रको नम्बर ४ गणले आइतबार पत्रकार सम्मेलन गरी भोक्राहा नरसिंह गाउँपालिकाको घिर्नी पुलनजिकको खेतबाट बेवारिसे अवस्थामा पटाका फेला पारेको जनाएको हो।

गणका प्रहरी नायब उपरीक्षक प्रेम सिग्देलले गाउँपालिकाको ४ नम्बर वडास्थित घिर्नी पुलनजिकको खेतमा २ लाख २४ हजार रुपैयाँ बराबरको पटाका बरामद भएको जानकारी दिए।

उनले चाडवाड नजिकिँदै गर्दा पटाकाजन्य पदार्थ, भन्सार छलीका सामानको कारोबार बढ्नसक्ने हुँदा सीमा क्षेत्रमा कडाइ गरिएको बताए।

भदौ ३१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्