लागुऔषधसहित तीन जना नाबालक पक्राउ

वीरगञ्ज – प्रतिबन्धित लागुऔषधसहित वीरगञ्जबाट प्रहरीले तीन जना नाबालकलाई पक्राउ गरेको छ।

प्रहरीले लागुऔषधसहित भक्तपुर चाँगुनारायण नगरपालिका–७ का १६ वर्षीय, सिन्धुली सुनकोशी गाउँपालिका–२ का १७ वर्षीय र बारा प्रसौनी गाउँपालिका–३ का १७ वर्षीय नाबालकलाई पक्राउ गरेको हो।

वीरगञ्ज–१५ ब्रह्मचोकमा चरोट खाइरहेका नाबालकको साथबाट ३३७ पिस लागुऔषध नाइट्राभेट टयाबलेट बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।

पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषधसम्बन्धी कसुर मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।

भदौ ३१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्