अस्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिज दक्षिण अफ्रिकालाई

दक्षिण अफ्रिकाले अस्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिज ३-२ ले जितेको छ। पाँचौं तथा अन्तिम एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय २२ रनले हराउँदै सिरिज कब्जा गरेको हो।

जोहान्सबर्गमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो। जवाफमा अस्ट्रेलिया ३४.१ ओभरमा १ सय ९३ रनमा अलआउट भयो।

दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय सिरिज गुमाएसँगै अस्ट्रेलिया विश्व वरीयतामा तेस्रो स्थानमा धकेलिएको छ। एसिया कप च्याम्पियन भारत दोस्रो स्थानमा रहँदा पाकिस्तान शीर्ष स्थानमा उक्लिएको छ।

यसअघि अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भएको तीन खेलको टी-२० सिरिज अस्ट्रेलियाले ३-० ले जितेको थियो। अस्ट्रेलियाले अब २२ सेप्टेम्बरदेखि भारतसँग भारतमा नै ३ एकदिवसीय सिरिज खेल्ने कार्यतालिका हेको छ। दक्षिण अफ्रिका भने अब एकदिवसीय विश्वकपका लागि भारत आउने छ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लगि एडन मारक्रमले सर्वाधिक ९३ रनको इनिङ खेले। त्यस्तै, मार्को जनसेनले ४७ रन बनाउँदा डेभिड मिलरले ६३ रन बनाए। त्यस्तै, एन्डील फेलुक्वायो ३८ रनमा अविजित रहँदा क्विन्टन डिककले २७ रन बनाए। त्यस्तै, रसी भान डेर डुसानले ३० रनको इनिङ खेले।

३ सय ६१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ओपनर तथा कप्तान मिचेल मार्सले सर्वाधिक ७१ रन बनाए। उनीबाहेक मार्नुस लबुसेनले ४४ तथा क्यामरन ग्रिनले १८ र सिन अबोटले २३ रन बनाएका थिए। दक्षिण अफ्रिकाका लागि मार्को जनसेनले ५ तथा केशव महराजले ४ विकेट लिए।

 

असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्