क्रोएसियाको पेल्जेसाक पुलः एक वर्षमा ३० लाख बढी सवारीसाधन ओहोरदोहोर

फाइल तस्बिर।

क्रोएसियाको पेल्जेसाक पुल गत वर्षको जुलाई २५ मा यातायात सञ्चालनका लागि खुला भएको थियो। सो समययता ३० लाखभन्दा बढी सवारीसाधन गुडेको बताइएको छ।

यो पुल चिनियाँ कन्सोर्टियमले गरेको देशको सबैभन्दा ठूलो पूर्वाधार परियोजना हो। सो पुलबाट दैनिक ७ हजार सवारीसाधन आवतजावत गर्ने गर्दछन्।

२.४ किमी रहेको पुलले पेल्जेसाक प्रायद्वीपलाई जोड्छ। बाबिकले यसले क्रोएसियाको दक्षिणी भागमा यात्रा गर्न सहज भएको बताए। पुलका कारण पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको जानकारी दिए।

असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्