एसियाली खेलकुदको टर्च र्‍यालीमा सहभागी हुन महर्जन चीन प्रस्थान

काठमाडौं- एसियाली खेलकुदमा पहिलो पटक हुन लागेको टर्च र्‍यालीमा सहभागी हुन नेपालका एसियाड पदक विजेता दीपक महर्जन चीनको ह्वानझाउ प्रस्थान गरेका छन्।

नेपालको प्रतिनिधित्व गर्दै महर्जनले बिहीबार र्‍यालीमा सहभागिता जनाउने छन्।

नेपाली बक्सिङ टिमका मुख्य प्रशिक्षकसमेत रहेका महर्जनले पहिलो पटक टर्च र्‍यालीमा देशको झन्डा बोक्ने अवसर पाएकोमा खुसी व्यक्त गरे।

महर्जनले भने, ‘एसियाली खेलकुद इतिहासमा पहिलो पटक हुन लागेको टर्च र्‍यालीमा देशको झन्डा बोक्ने अवसर पाउँदा गर्व महसुस गरेको छु।’

महर्जन सोमबार चीनतर्फ प्रस्थान गरेका हुन्। उनी बिहीबारको टर्च र्‍यालीपछि शुक्रबार टिमसँग जोडिने छन्।

नेपाली बक्सिङले २४ तारिखमा एसियन खेलमा सहभागिता जनाउँदै छ।

नेपाली बक्सिङले महर्जनलेनै २०१० को एसियाली खेलकुदमा बक्सिङमा काश्य पदक जितेयता पदक जित्न सकेको छैन।

असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्