सुन तोलामा २ सयले बढ्यो

सांकेतिक तस्बिर।

काठमाडौं-  सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ।

त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ प्रति तोला तोकिएको छ।

अघिल्लो दिन आइतबार १ लाख १२ हजार ३०० रुपैयाँमा छापावाल, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १४ सय रुपैयाँमा चाँदीको कारोबार भएको पनि महासंघले जानकारी दिएको छ।

असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्