इजिप्ट एयरले कायरो-टोकियो सिधा उडान भर्ने

फाइल तस्बिर।

इजिप्टको प्रमुख वाहक इजिप्ट एयरले कायरो-टोकियो सिधा उडान भर्ने भएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै इजिप्ट एयरले कायरोबाट टोकियोका नारिता अन्तर्राष्ट्रिय विमानस्थलको लागि सिधा रुट सुचारु गर्ने भएको हो।

तीन वर्षको निलम्वनपछि उडान पुनः सुचारु हुन लागेकाे हो। उडान बिहीबार गर्ने बताइएको छ। नोभेम्बरबाट भने प्रतिहप्ता दुई उडान हुनेछन्।

इजिप्ट एयरले यस वर्ष ७१ विदेशी गन्तव्यमा सेवा दिँदै आएको छ। यो अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको हो।

कम्पनीले हालै एसिया, युरोप र उत्तर अमेरिकाका धेरै स्थानमा उडान भर्दै आएको छ।

असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्