भारतबाट अवैध रुपमा भित्र्याइएको ६ लाखभन्दा बढीको माछा नष्ट

मोरङ – भारतबाट अवैध रुपमा भित्रिएको ६ लाख रुपैयाँभन्दा बढीको मांगुर (मुङ्ग्री) जातको माछा प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले भारतको विभिन्न क्षेत्रबाट अवैध रुपमा नेपाल भित्रिएको करिब १ हजार ७ सय ७७ किलो मरेको माछा बरामद गरी नष्ट गरेको हो।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार गतवर्ष पुष महिनादेखि हालसम्म मोरङका विभिन्न २३ स्थानबाट माछा बरामद गरेको हो।

प्रवक्ता दाहालले स्वास्थ्य र पर्यावरणमा समेत प्रतिकुल असर पर्ने भारतीय मुङ्ग्री जातको माछा अवैध रुपमा ल्याउन प्रतिबन्ध रहेको जानकारी दिए।

असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्