विराटनगरमा मनाइयाे विश्वकर्मा पूजा

मोरङ – दुई दशकदेखि विराटनगरका रामजी खड्का रेन्च, स्क्रु डाइभर, पेच, मोबिल, ब्याट्रीको काममा रमाउँदै आएका छन्।
विराटनगर–१० का स्थानीय खड्काले २२ वर्षदेखि मोटरसाइकल मर्मत गर्दै आएका छन्। चार जना युवा सहकर्मीलाई रोजगारी दिएका खड्काले ०५४ सालमा बीएड अध्ययन गरे।

बीएड दोस्रो वर्षको पढाइ पूरा गरेसँगै ४७ वर्षीय खड्काले एक एनजिओले दिएको मोटरसाइकल मर्मत तथा रिपेयरिङको ६ महिने सीपमूलक तालिम पूरा गरे।

त्यसपछि काममा भिजेका खड्काले काठमाडाँैस्थित हिरो होन्डा र विराटनगरमा बजाज मोटरसाइकलको सोरुममा काम गरे। अध्ययनसँगै प्राविधिक ज्ञान बटुलेका खड्काले ०५८/०५९ सालबाट विराटनगरमा आफ्नै ग्यारेज खोलेका थिए।

सानो पुँजीबाट सुरु गरेको ग्यारेजले उनलाई हालसम्म आत्मसन्तुष्ट बनाएको खड्का बताउँछन्। विश्वकर्मा पूजा प्रत्येक वर्ष मनाउँदै आएका खड्काको ग्यारेजमा मुस्लिम युवक मोहम्मद आजमसँगै अन्य तीन हिन्दु युवा सहकर्मी कार्यरत छन्।

खड्का भन्छन्, ‘हामी सबै एकैपरिवार जसरी काम गर्छौं। आजको पूजामा समेत सबै मिलेर सरसफाइदेखि पूजामा सहभागी भयौँ। हामीले एकअर्कालाई सहयोग गर्दै आएका छौँ। जातभात भन्ने कुरालाई बाहिर राखेर लगन र मेहनतका साथ काम गर्छांै।’

शनिबारबाहेक बिहान साढे ८ बजेबाट बेलुका साढे ७ बजेसम्म दैनिक उनी पसलमा ब्यस्त हुन्छन्। शनिबार भने उनी मुलुकमा काम भएन पैसा कमाउन बिदेसिनुपर्छ भन्ने मानसिकताबाट बाहिर भएका खड्का भन्छन्, ‘हामी पैसा कमाउन परिवार पाल्न भनेर बिदेसिन्छाँै। तर, त्यस्तो होइन। पैसा यहाँ पनि कमाउन सकिन्छ। लगन, मेहनत र धैर्यता चाहिन्छ।’

उनी दैनिक ५ देखि ७ वटा मोटरसाइकल सर्भिसिङ गर्छन्। कहिलेकाहीँ सो संख्या १५ सम्म पुग्ने उनको भनाइ छ।
खड्काजस्तै २५ वर्षदेखि विराटनगर बसपार्क नजिक गाडीको सामान मर्मत, टायर टुयब र हावा भर्ने काम गर्दै आएका अजेन्द्रकुमार क्षेत्री पनि विश्वकर्मा पूजामा सोमबार ब्यस्त भए। ४५ वर्षीय क्षेत्रीले एक स्टाफ राखेर दुई दशक बढी लामो समयदेखि सोही काममा ब्यस्त हुँदै आएका छन्। विश्वकर्मा पूजाका दिन टायर ट्युब नबनाइकन पूजामै ब्यस्त हुने गरेका छन्। क्षेत्री भन्छन्, ‘सानो काम छ। सबैले त्यहीअनुसारले हेर्छन् मलाई थाहा छ। तैपनि म खुशी छु। यसले मेरो परिवार पालेको छ।’

एउटा सटरमा पसल खोलेका मधेसीमूलका क्षेत्रीले काम गर्ने वातावरण बन्दै गएको हँुदा काम हेरिकन बिदेसिनुपर्ने स्थिति नभएको बताउँछन्। क्षेत्री भन्छन्, ‘जे काम गर्ने हो। यही गर्ने हो। सिट बनाएर, टायर ट्युब टालेर कमाइ गरेको छु। यसमा सन्तुष्ट छु। थप दुःख गर्न विदेशिन मन छैन।’ विराटनगर महानगरभित्र करिब २ सयको संख्यामा सवारी मर्मत तथा रिपेयरिङ, टायर ट्युब बनाउने पसल छन्।

असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्