तीज पर्वः शिव मन्दिरमा ब्रतालुको घुइँचो (फोटो फिचर)

तस्बिरः राजन रावत, हुम्ला

सिमकोट – हिमाली जिल्ला हुम्लामा तीजको रौनक बढ्दै गएको पाइएको छ। कुनै समय जिल्ला बाहिरबाट जागिर खाना आएका महिला वा पुरुष कर्मचारीका महिलाले मात्र मनाउने तीज पर्व गाउँगाउँसम्म दर खाने र नाचगान गर्ने क्रम बढ्दै गएको छ।

बिहानैबाट सिमकोटस्थि शिव मन्दिरमा हालसम्मकै महिलाको बढी घुइँचो लागेको छ। ब्रत बसेका महिला पूजापाठ गर्न शिव मन्दिरमा लाइनमा बसेर पूजा गर्छन्। पूजापाठपछि महिलाले नाचगानसमेत गरेका छन्।

सिमकोट गाउँपालिका–५ की संगीता रावतले गाउँगाउँसम्म नपढेका महिलाले समेत तीज रमाइलो गरी मनाउने क्रम बढ्दै गएको बताइन्।

उनले केही वर्षअगाडिसम्म तीजको दरखाने दिन र तीजको दिनमा मनाउने तीज पर्व अहिले भने १५ दिनअगाडि नै महिलाले मनाउन थालेको बताइन्। अहिले पढे÷लेखेका महिलाले मात्र नभएर गाउँगाउँमा रहँदै भएका ग्रामीण नपढेका महिलाले पनि धुमधामसाथ मनाउने गर्दै आएका छन्। महिलाहरू आफू मिलेर दर खाने र माइती पक्षले समेत छोरी चेलीलाई तीजको दर खुवाउने चलन बढ्दै गएको छ।

खेतीपातीको समय सुरु भए पनि ग्रामीण महिला तीजको रमाइलोका लागि समय निकाल्न थालेको र दर खाएर रातभर नाचगानमा जम्न थालेका छन्।

यसरी लामा समुदायको बसोवास हुने नाम्खा गाउँपालिकाबाहेक जिल्लाका खार्पुनाथ, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा समेत तीजको रौनक महिलामा बढ्दै गएको पाइन्छ।

 

 

 

असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्