राष्ट्र बैंकले करार सेवामा माग्यो ३० कर्मचारी, कुन कुन पदमा आवेदन दिन सकिने?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले करार सेवामा ३० जना कर्मचारी माग गरेको छ।

राष्ट्र बैंकले तल्लो तहका लागि करारमा कर्मचारी नियुक्त गर्न योग्यता पुगेकाहरुलाई आह्वान गरेको हो।

बैंकले टक्सार महाशाखाका लागि मेकानिकल इन्जिनियर अधिकृत तहका लागि एक जना, मेकानिकल ओभरसियर २ जना, जुनियर आस्सेयर १ जना, मूर्तिकला तथा चित्रकला १ जना इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर १ जना, मेकानिक ६ जना, प्रयोगशाला सहायक १ जना, पेन्टोग्राफ मेसिन अप्रेटर १ जना र चालक १ जना मागेको छ।

त्यस्तै रक्षक २ जना मागेको छ भने प्रदेशस्थित कार्यालयका लागि १० जना महिलासहित १ जना कर्मचारी माग गरेको हो। यस्तै, केन्द्रीय कार्यालयका लागि १ जना माग गरेको छ।
बैंक अनुसार असोज १५ गतेसम्म आवेदन दिन सकिनेछ।

असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्