बिपी साहित्य महोत्सवको रोकिएको कार्यक्रम असोज ३ गते हुने

काठमाडौँ – नेपाली कांग्रेसले बिपी साहित्य महोत्सवअन्तर्गतको तेस्रो र अन्तिम दिन (भदौ २६ गते) स्थगित भएको कार्यक्रम असोज ३ गते गर्ने भएको छ। असोज ३ गते बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा महोसत्व आयोजना हुने सो पार्टीले जनाएको छ।

महोत्सव भदौ २४ र २५ गते दुई दिन सञ्चालन भए पनि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि कांग्रेसले महोसत्व स्थगन गरेको थियो।

आगामी कार्यक्रममा बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटोलगायत विभिन्न विषयगत विज्ञहरुबाट अन्तरक्रियात्मक प्रस्तुति रहनेछन्।

असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्