६० किलो सुन बोक्ने ट्याक्सी चालकको बयानः हर्कराज राई अघि लागेर पछि पछि आउनु भने

फाइल तस्बिर।

काठमाडौँ – साउन २ गते विमानस्थल बाहिरबाट ६० किलो सुन बोक्ने क्रममा पक्राउ परेका ट्याक्सीका चालक अशोक लामाले भाडामा बालुवाटारसम्म जान खोज्दा नियन्त्राण्मा परेको बयान दिएका छन्।

भन्सार विभागले विमानस्थल बाहिरबाट तस्करीको ६० किलो सुन बोकेको अवस्थामा बा २ ज २३२४ नम्बरको ट्याक्सी नियन्त्रणमा लिएको थियो।

उक्त ट्याक्सीका चालक अशोक लामाले आफूलाई हर्कराज राईले बालुवाटारसम्म जानका लागि भाडामा लिएको बयान दिएका छन्।

सुन तस्करीमा प्रतिवादी बनाइएका लामाले राईले आफू स्कुटरमामा अघि अघि लाग्ने र आफूलाई पछ्याउन भनेको तर विमानस्थलको मुख्य गेट बाहिर निस्कने वित्तिकै नियन्त्रणमा परेको बयान दिएका छन्।

सरकारले आइतबार २९ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा सुन तस्करी गरेको भन्दै एकीकृत अभियोगमा मुद्दा दर्ता गरेको छ।

यस्तो छ शंकित अशोक लामाले दिएको बयानः

काठमाडौं उपत्यकामा बा २ ज २३२४ नं को ट्याक्सी भाडामा लिई चलाउने क्रममा मिति २०८०।०४।०२ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिर सडकमा हर्कराज राई भन्ने व्यक्तिले ८ वटा कार्टुन सामान वालुवाटारसम्म लैजानु छ भनेकोले ट्याक्सि भाडा रु. ५००/- पाउने गरी SHAVER रहेको १ कार्टुन र BRAKE PADS भएको ८ कार्टुन सामानहरु ट्याक्सीको ढिकिमा लोड गरी सकेपछी निज हर्कराज राईले मेरो फोन नम्बर मागी लिई मेरो स्कुटर छ,
म स्कुटरमा अघि अघि जान्छु भाई तिमि मेरो पछी पछी आउनु भनेकोले निज हर्कराज राई अघि लगाई पछी ट्याक्सी चलाई हिडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको मुल गेटमा पुगेपछी निज हर्कराज राईले भन्सार चलानी कागज (प्रज्ञापन पत्र) देखाए पछी मुल गेटमा सादा पोषाक लगाएका कर्मचारीले प्रज्ञापन पत्र हेरी जाँची ठिक छ जानुस भनेपछी हामी गेट बाहिर निस्कनासाथ राजस्व अनुसन्धान विभागका कर्मचारीले राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा लगेको मैले यो सामान हर्कराज राईको हो भनेपछी राजस्व अनुसन्धान बिभागका कर्मचारीले हर्कराज राईको तीनपुस्ते विवरण समेत रजिष्टरमा टिपी अभिलेख गरी भोली आउनु भनि छोडि दिएका थिए ।
भोलीपल्ट मिति २०८०।०४।०३ गते बिहान १०:३० बजे राजस्व अनुसन्धान विभाग हरीहरभवन, ललितपुर पुगेकोमा त्यहाँ हर्कराज राई नआई निजको प्रतिनिधीको रुपमा राजेन्द्र कुमार राई आएका र निजले म र रेडी ट्रेड प्रा.लि.को प्रतिनिधिको रुपमा हर्कराज राईको साटोमा आएको भने पछी राजस्व अनुसन्धान विभागबाट गाडी खोलुवा मुचुल्का गरी ट्याक्सीबाट उल्लेखित ८ कार्टुन बाट ब्रेक शु आकारको नमूना थान – ४  (चार) निकाली म र राजेन्द्र कुमार राई लाई नियन्त्रणमा लिई भन्सार बिभागको प्रयोगशालामा नमूनाहरु पठाई EDX उपकरणबाट परीक्षण गर्दा ३ वटा नमूनामा 99.55% सम्म सुन रहेको देखिन आएको भनी गरेको मुचुल्कामा दस्तखत र औठाछाप गराएको भन्ने समेत व्यहोराको बा २ ज २३२४ नं को ट्याक्सी चालक शक्ति अशोक लामाको बयान।
असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्