लिखित परीक्षा पास गरेका पोखरेल जिल्ला न्यायाधीश सिफारिस

पारसमणि पाखरेल

काठमाडौँ – न्याय सेवा आयोगले पारसमणि पाखरेललाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ।

यस पटकको जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक मात्रै नाम निकालेका पोखरेलललाई सोमबार आयोगले नियुक्तिका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको हो।

आयोगले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार साउन १६ गतेदेखि २० गतेसम्म लोकसेवा आयोगमार्फत लिएको जिल्ला न्यायाधीशको परीक्षामा २११ जना सहभागी भए पनि उपसचिव पोखरेलले मात्रै उत्तीण भएका थिए। सोमबार अन्तरवार्ता गरेर नियुक्तिका लागि पठाइएको आयोगले जनाएको छ।

हाल भक्तपुर जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत पोखरेलले आन्तरिक खुला र खुला दुवैतर्फको परीक्षा पास गरेका हुन्।

२९ पदका लागि भएको जिल्ला न्यायाधीशको परीक्षामा सहभागी २१० जना फेल भएका छन्।

२०७२ सालमा नेपालको संविधान जारी भएपछि प्रतिस्पर्धाबाट जिल्लामा न्यायाधीश नियुक्ति सुरु भएको थियो। अहिलेसम्म भएका परीक्षामा खुलातर्फबाट एक जना पनि पास भएका छैनन् भने आन्तरिक खुलातर्फ पास हुनेको संख्या पनि ज्यादै न्यून छ।

असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्