तिलोत्तमामा दुई मजदुर समूहबीच झडप: एक जनाको मृत्यु, तीन गम्भीर घाइते

बुटवल- रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ। अरु तीन जना गम्भीर घाइते भएका छन्।

तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केरवानीमा मजदुरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप भएको थियो। झडपका क्रममा हेटौँडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार साङताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

झडपका क्रममा काठमाडौं महानगरपालिका- १ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीले झडपमा संलग्न १३ जना मजदुरलाई नियन्त्रणमा लिएको छ।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्